दफा ३
खर्क जग्गाको राष्ट्रियकरण
यो ऐन प्रारम्भ भएको मितिदेखि नेपालमा भएका सबै खर्क जग्गा राष्ट्रियकरण भै सो जग्गाको स्वामित्व नेपाल सरकारमा सर्नेछ र यो ऐन प्रारम्भ हुनुभन्दा अघि त्यस्तो खर्क जग्गामा रहेको दर्तावालाको स्वामित्वसम्बन्धी हक स्वतः समाप्त हुनेछ ।
तर–
(क) निजी उपयोगका लागि चरनमा मात्र प्रयोग गरी आएको भए पनि प्रचलित नेपाल कानूनले तोकिएको हदबन्दी भित्रको जमीन भए दर्तावालाले राख्न पाउनेछ ।
(ख) यो ऐन लागू भएपछि पनि देहायको कामको लागि नेपाल सरकारले प्रचलित ऐन कानूनबमोजिम छुट दिन सक्नेछः–
(क) फलफूल खेती,
(ख) पशुपालन,
(ग) जडीबुटी खेती,
(घ) चिया खेती ।